एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १ :
दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा युवा संघ धनुषा जनकपुरधाममा प्रदर्शन गरेको छ । एमाले र जसपा फोडेर आफनो कार्यकाल लम्बयाउने उद्देश्यले केन्द्रिय समिति वा संसदिय दलमा २० प्रतिशत सदस्यलाई लिएर अर्को दल खोल्न सक्ने गरि सरकारले अध्यादेश ल्याएपछि एमाले विरोधमा उत्रने भएको छ ।

यसै क्रममा एमालेको युवा दस्ता युवा संघले विरोध जनाएको हो । युवा संघका केन्द्रिय सदस्य कुश यादवको अगुवाईमा भएको प्रदर्शनमा युवा संघ धनुषाका अगुवाहरुको सहभागिता रहेको थियो । सरकारले ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेका युवा संगठन युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

युवा संघ नेपालले बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपका कारण दुवैतर्फका १२ बढी घाइते भएको बताइएको छ । प्रहरी तर्फ पनि केही घाइते भएका छन् भने युवा संघका केही कार्यकर्ता घाइते भएका छन् ।