एसपी रिपोर्टर
पर्सा, साउन ३२ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगञ्जमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।