एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३० :
महोतरीको बर्दिबासमा नेपाल भुमिहीन सुकुम्बासी संगठन महोत्तरीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । कार्यक्रमको समुदघाटन सत्रलाई सम्बोधन गर्दै एमालेका स्थाई कमिटि सदस्य तथा पुर्व उपप्रधानमन्त्री रघुविर महासेठले एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकार गरिव निमुख्खा भुमिहिनहरुको समस्या समाधानका लागि गठन गरेको भुमी समस्या समाधान आयोग विघटन गरिनु आपतीजनक रहेको बताएका छन् ।

खास उद्देश्यका साथ गठन भएको आयोग एमाले रहेसम्म विघटन हुन नदिने भन्दै महासेठले गरिव, विपन्न र जेष्ठ नागरिकको पार्टी एमाले रहेकाले विपक्षीहरु अतालिएको बताए । कार्यक्रममा एमाले नेतृ ज्वाला साह, प्रदेश सांसद सारदा थापा, आयोग धनुषाका अधिकृत रामचरित्र साह, विभिन्न नगरपालिकाको प्रमुखहरु सहितको उपस्थिती थियो ।