एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : नेपाली कांग्रेस प्रदेश २ मा नयाँ तरंग उत्पन्न हुने भएको छ । प्रदेश सरकारमा सहभागीता जनाउँदा छलफल नगरिएको, बजेट बनाउँदा कुनै पनि सांसदलाई वास्ता नगरि एकलौटी गरिएको र मन्त्री तथा मन्त्रालयमा समेत पार्टीमा छलफल नगरि बदनामी हुने कामहरु गरिएकाले अव सहेर नबस्ने सांसदहरुले चेतावनी दिएका छन् ।
कांग्रेस प्रदेश २ का सांसद नरेश यादवले एसपी खवरसंगको कुराकानीमा भने, ‘यो शैली कुनै पनि हिसावले लोकतान्त्रिक नदेखिएकाले पार्टी भित्र छलफल भइरहेको छ, हदै सम्मको कदम चालिने छ ।’ कस्तो कदम चाल्नु हुन्छ ? भन्ने प्रश्नमा उनले संसदिय दलका नेता तथा सरकारमा नेतृत्व गरिरहेका राम सरोज यादवसंग जनकपुरधामकै नेता कार्यक्रताहरु असन्तुष्ट बनेको र पार्टी भन्दा पनि ग्याङ्ग चलाइरहेको देखिएकाले संसदिय दलका नेताको बिकल्प समेत खोज्न सकिने सम्मको छलफल भइरहेको बताए ।


