एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ :
जसपा अध्यक्ष महन्त ठाकुरले मधेशको समस्या हल गर्नका लागि अहिलेका सवै शिर्षनेताहरु असफल भइसकेको बताउदै उपेन्द्र यादव फेरी भुलभुलैयामा परेर पार्टी कमजोर गर्न तर्फ लागेको बताए । जनकपुरधाममा आयोजित पार्टीको अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै ठाकुरले केपि शर्मा ओली, बाबुराम भट्टराई, प्रचण्ड र शेरबहादुर देउवा सहितका सवै नेताहरु मधेश मुद्दा प्रति गम्भिर नरहेको बताएका छन् ।

उनले एकताका बेला राजपा र सपा बिच आधा आधा भागबण्डा हुने सम्झौता भएपनि उपेन्द्र यादवले जालझेल गरि पार्टी चलाउन चाहेको बताए । नेता राजेन्द्र महतोले उपेन्द्र यादवको कारण पुनः मधेशको एकता कमजोर भएको बताउदै जनताले फेरी त्यसलाई असफल गर्ने बताए ।

अर्का नेता सरत सिंह भण्डारीले उपेन्द्र यादवको चेहरा देखेर पार्टी एक नभएको बताउदै मधेशी जनताको भावना र फुट डालेर राज गर्ने षडयन्त्रलाई असफल पार्न पार्टी एकता भएको बताउदै त्यसको गलत फाइदा उठाउन खोजिएको बताए । कार्यक्रममा नेता उमाशंकर अरगरिया, परमेश्वर साह, सुरिता साह, जयनुल राइन सहितको उपस्थिती थियो ।