एसपी रिपोर्टर
जनकपुरधाम, साउन २१ : जसपा अध्यक्ष महन्थ ठाकुरले आफुहरुको सांसद पद जान्छ भनेर खुसी नहुन र गलत भ्रममा नपर्न सवैलाई आग्रह गरेका छन् । जनकपुरधाम विमान स्थलमा आज पत्रकारहरुसंगको कुराकानीमा अर्को पार्टी खोल्नु भयो भने तपाँईहरुको सांसद पद जादैन ? भन्ने प्रश्नमा निर्वाचन आयोगको स्टेटमेन्टमा ‘पोजीसन अफ ल मेकरर्स विल रिमेन ईनटयाक्ट’ भनेर क्लियर लेखिएकाले भ्रममा नर्पन र त्यस स्टेटमेन्टको अर्थ बुझन आग्रह गरेका छन् ।
निर्वाचन आयोगले अर्को पार्टी पनि खोल्न सक्ने भनेर भनेको छ नि पत्रकारहरुको अर्को जिज्ञासामा ठाकुरले स्र्वोच्च अदालतमा मुद्दा चलिरहेकाले आफुहरु तत्काल प्रतिक्षारत रहेको भन्दै त्यसपछि मात्र नयाँ पार्टीको बारेमा सोच्ने बताएका छन् ।

संविधान संसोधन, झुठा मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई र लाल आयोग प्रतिवेदन सार्वजानिक सहितका मांगहरु सम्बोधनकै लागि विगतमा विभिन्न पार्टी र प्रधानमन्त्रीलाई समर्थन गरे जस्तै वर्तमान सरकारलाई समेत समर्थन गरेको उनको तर्क थियो । उनले मधेशको मांग सवै प्रचण्ड, देउवा र माधव नेपालले मात्रै गर्ने ओलीले गर्नै नसक्ने भनेर राजनितिमा भन्नु गलत भएको समेत बताए ।

ठाकुरलाई जनकपुरधाम विमान स्थलमा नेता तथा कार्यक्रताहरुले स्वागत गरेका थिए । सो अवसरमा उनी संगै आएका नेता उमाशंकर अरगरिया, नेता परमेश्वर साह, बृषेशचन्द्र लाल, विजय सिंह मठिहानी नगरपालिकाका मेयर हरि मण्डल सहितको सहभागिता थियो ।





