एसपी रिपोर्टर
जनकपुरधाम, साउन १४ : उर्जा, जलस्रोत तथा सिचाँई मन्त्री पम्फा भुसालले जनताको लागि एक भएर बनाइएको बामपन्थी शक्तिलाई परास्त गरि एमाले अध्यक्ष केपि शर्मा आलीले जनताको सपनासंग कुठाराघात गरेका आरोप लगाएकी छन् । बाढीका कारण भत्किएको कमला नदीको बाँध निरिक्षण अवलोकनका लागि जनकपुरधाम आइपुगेकी मन्त्री भुसाले पार्टी कार्यालयमा स्वागत तथा सम्मान ग्रहण गर्ने क्रममा केपि ओलीले बामपन्थी एजेन्डालाई नै तहसनहस पारेको बताइन् ।
माओबादी र एमाले मिलेर राजनितिक उपलब्धी संस्थागत गर्ने र जनतालाई परिवर्तणको महशुस हुने गरि काम गरेर देखाउने सपनाका साथ बनेको दु तिहाईको सरकारलाई समेत ओलीले नै बदनाम र समाप्त पारेको उनको जिकिर छ । दुई दुई पटक ओलीले अपराध गरेर पनि गल्ती महशुस गर्न नसक्नु बिडम्वना भएको उनको भनाई थियो ।
उनले कमलाको व्यवस्थापनका लागि गुरुयोजना बनाएर अगाडी बढने बताएकी छन् । सहकर्मी तथा पुर्व मन्त्री मातृका प्रसाद यादवले आफुलाई कमला र बकैया नदीको डुबान र कटानको बारेमा जानकारी गराउने बितिकै आफुले पचास लाख रुपैया बजेट निकासा गर्न लगाएको उनले बताइन ।
आज प्राविधिक सहित स्थलगत निरिक्षण अवलोकन गरि गुरु योजना बनाएर जनताले बुझने गरि कमला व्यवस्थापनको काम गरिने उनले प्रतिवद्वता जाहेर गरेकी छन् । उनी सहितको टिमले आजै कमलाको कटान क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।





