पुरन रौनियार
जनकपुरधाम, साउन ७ :
कोरोना निर्मुल भएको छैन । हुन त लकडाउन खुकुलो पारिएसंगै मधेशको जनजिवन सहज छ तर पनि भिडभाड कसैका लागि हितकर होइनन । यस्तो वेला पनि कांग्रेस उपसभापती विमलेन्द्र निधीको आजको महोतरी आमगन भने समान्य मान्न सकिदैन । संयौ गाडीका अग्रपंक्तीमा एक करौडौंको शानदार गाडीको आकाशे झयालबाट समर्थकलाई अभिभादन गर्दै गरेको उनको दृश्य अन्य दिन जस्तो समान्य र स्वभाविक होइन ।

घाँटीमा नअटने गरि फुल मालाको भारी, चेहरामा मुस्कान र हौसला, ठाँउ ठाँउमा नारावाजी र गाडीको ताँती अगाडि हजारौं समर्थकको ताँती, ताली र नारावाजीले स्पष्ट प्रचारात्मक सन्देश दिइरहेको देखिन्छ ।

निधिलाई लाग्यो महाधिवेशन

विमलेन्द्र निधी नेपाली कांग्रेसका केन्द्रिय उपसभापतिका साथ साथै वर्तमानमा मधेशमा कांग्रेसको कमान सम्हाल्ने नेता पनि हुन । मधेश र खास गरि प्रदेश २ मा कांग्रेसमा निधिको निर्देशन बिना केहि पनि हुदैन भन्ने धारणा छ । कोइराला र पौडेल समुहको उपस्थिती रहेपनि निधी गुट अगाडि उनीह्रु मौन जस्तै देखिन्छन् ।

हाल उनी पार्टीको केन्द्रिय कमान सम्हाल्छु भन्दै सभापतीमा उम्मेदवारी दिएपछि झन चर्चामा रहेका छन् । सभापतीको सम्भावित उम्मेदवार भएसंगै देशमा पनि उनको चर्चा छ भने उनको पैतृक राजनितिक क्षेत्र प्रदेश २ मा चर्चा र प्रभाव स्वभाविक मान्नु पर्छ । त्यसैहोला कांग्रेसको महाधिवेशनको मिति नजिक आउन लागेसंगै निधिको प्रदेश २ आगमनमा तामझान हुन थालेको छ ।

महोतरीमा नवनिर्मित महोतरी कांग्रेसको जिल्ला पार्टी कार्यालयको आज समुदघाटन गर्न महोतरीको बर्दिबास हुदै आएका निधीको बर्दिवासमा सैयौं चारपाँग्रे गाडी सहित स्वागत गरिएको छ । त्यसै गरि जलेश्वर सम्मको यात्रामा बाटोमा पर्ने महोतरीको विभिन्न नगरपालिकामा उनका समर्थकहरुले उनलाई गरेको भब्य स्वागतलाई समाजिक सञ्जालमा प्रचार गरिएको छ ।

उहाँ त यस क्षेत्रमा प्राय आइरहनु हुन्छ तर आज यस्तो शक्ति प्रदर्शन किन ? भन्ने एसपी खवरको प्रश्नमा उनका एक समर्थकले भने, ‘हाम्रो सभापतिका उम्मेदवार विमल दाजुको शक्ति देउवालाई देखाउनु छ ।’ “महेश्वर प्रसाद सिंह स्मृति भवन” नामांकरण गरि नेपाली कांग्रेस महोत्तरी जिल्ला पार्टी कार्यालय भवनको उद्घाटन तथा स्वर्गीय महेश्वर प्रसाद सिंहको स्मारक (सालिक) अनावरणमा हजारौं हजारका संख्यामा सर्मथकहरुलाई सहभागि गराएर निधिले शक्ति प्रदर्शन गरेका छन् ।

निधीका अन्य नेता कार्यक्रताले यसलाई स्वभाविक भनेपनि निधी भने भदौमा तय भएको महाधिवेशनको प्रचार प्रसारमा लागि सकेको कांग्रेसीहरुकै दावी छ । त्यसकै उदाहरण स्वरुप महोतरीको शक्ति प्रदशर्न रहेको उनीहरुको तर्क छ । पार्टीका सभापती शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सहितको शक्तिशाली सरकार बन्दा पनि निधिलाई सरकारसंग कुनै मतलव देखिदैन । उनको ध्यान मात्र महाधिवेशन तर्फ केन्द्रित रहेको निधी निकट स्रोतले बतायो ।

देउवा विरुद्व लडन परे पनि पछि नहटने गरि निधि महाधिवेशनको तयारीमा जुटिसकेको प्रमाण पनि हो महोतरी आजको शक्तिप्रदर्शन । सधै निधिको सहयोगमा पार्टीमा बर्चश्व जमाएका देउवा पुनः यसपालि पनि प्रधानमन्त्री र पार्टी सभापतीमा पनि दावी गरेपनि निधी उनीसंग रुष्ट बनेका छन् । देउवालाई तर्साउनकै लागि पनि महोतरीमा शक्ति प्रदर्शन गरेको हुन सक्ने पार्टीका जानकारहरु बताउछन् ।

यस अघि गत वर्ष पनि तय भएको महाधिवेशनको पुर्व सन्ध्यामा जनकपुरधाम आएका निधीलाई महोतरीको बर्दिवास बाटै उनका समर्थकहरु गाडीको ताती सहित स्वागत गर्दै जनकपुरधाममा प्रचारात्मक शक्ति प्रदर्शन गर्न लगाएका थिए । तर पछि महाधिवेशन अनिश्चित भएपछि निधिको त्यसपछिका आगमनहरु समान्य हुने गरेको थियो ।