एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ : कुनै अप्रत्यासित घटना नभए भोली साँझ सम्म बन्ने देउवा नेतृत्वको सरकारमा जसपा जाने भएपनि अध्यक्ष उपेन्द्र यादव भने सरकारमा सहभागि नहुने स्रोतले जनाएको छ । सर्वोच्च अदालतको सोमवारको फैसला संगै मंगलवार काग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएको छ ।
देउवा नेतृत्वको सरकारमा उपेन्द्र यादव पक्षको जसपा पनि तत्काल सहभागी हुने छन । सता समिकरणकै सवालमा जसवा नेपाल विभाजन भएर दुुई खेमा बनेको छ । दुुवै पक्षको दावी निर्वाचन आयोगमा सुनवाईको क्रममा रहिरह्दा मंगलवार बन्ने देउवा नेतृत्वको नयां सरकारमा यादव खेमा सहभागी हुने लगभग निश्चित छ ।
उक्त समुुहका अनुसार नयां बन्ने सरकारमा यो पक्षलाई ५ वा ६ ओटा मन्त्रालय दिने गरि यस अघि नै डिल भइसकेको छ । अध्यक्ष उपेन्द्र यादव आफनै नेतृत्वमा सरकारमा सहभागी नहुुने पनि पनि निश्चित रहेको बताइएको छ । महन्थ ठाकुर पक्ष संग पार्टी भित्र विवाद वढे पछि यादवले यो आश्वासन नेताहरुलाई दिएको नेताहरुले बताएका छन ।
यो समुुह स्रोतका अनुुसार देउवा नेतृत्वको नया सरकारमा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव वा मृगेन्द्रसिह यादवको नेतृत्वमा सहभागी हुने कुरा छ । ५ वा ६ ओटा मन्त्रालय पाउने यो समुुहमा पनि मन्त्री बन्नका लागी नेताहरुको बिचमा होडवाजी चल्न थालेको छ । प्रदिप यादवको पनि मन्त्री बन्ने सम्भावना प्रवल छ ।





