एसपी रिपोर्टर
धनगढी, असार २८ : धनगढीमा सर्वोच्च अदालतको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको छ । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु कैलालीले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन गरेका छन् ।
धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि उनीहरुले नाराबाजी गर्दै जबराको पुत्ला जलाएका हुन् । सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । अदालतले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर गरेको छ ।





