एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संघठनले जनकपुरमा आपत्तिजनक नारा लगाउँदै प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउँन मलाई बहुला कुकुरले टोकेको छ र !’ भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विद्यार्थी संगठनले चर्को नाराबाजीसहित पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई कुकुर भन्दै गाली गलौजका साथ विपक्षी निकट विद्यार्थीले नाराबाजी गरेका थिए । नाराबाजीपछि कोणसभा सुरु हुनै लाग्दा प्रधानमन्त्रीको पुत्ला जलाइएको थियो । नाराबाजीमा नेपाली कांग्रेस, जसपा यादव समुह, नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूहका विद्यार्थी र युवा सहभागी थिए ।

रेल्वे स्टेशनबाट निस्किएको जुलुस जनकचौकमा कोणसभामा परिणत भएको थियो ।