एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : प्रदेश–२ का प्रमुख पाँच दलिय बैठकले आफुहरुको विरोध प्रदर्शनमा कुनै दलको युवा संगठनको अवरोध आपतीजनक रहेको निश्कर्ष निकालेको छ । जनता समाजवादी पार्टी धनुषा जिल्ला पशुपति यादव ज्युको अध्यक्षतामा बसेको बैठक विभिन्न प्रस्ताव माथि छलफल समेत गरेको छ ।
धनुषाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एमाले माधव समुहको संयुक्त बैठकमा यही असार १२ गते विद्यार्थीहरुले प्रतिगमनका विरुद्धमा निर्धारित शान्तिपुर्ण बिरोधलाई प्रतिगमनकारी केपि ओलिद्वारा संचालित भिजलान्ते युवाहरुले अबरोध गरि मुडभेटको स्थिति निम्ताउन खोजेको प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता अराजक गतिविधिको घोर भत्सर्ना तथा निन्दा गरेको छ।
अध्यक्ष यादवले भने, ‘अगामी दिनमा हुने शान्तिपुर्ण बिरोध माथि कुनै व्यक्ति वा समुहले त्यस्ता अराजक गतिविधि गरेको पाएमा शस्क्त प्रतिकार गर्न बाध्य हुने समेत निर्णय भएको छ ।’ साथै संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्म, निरपेक्षता, समानुपातिक र समाबेशी लगायतका प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न र प्रतिगमनका विरुद्ध लडन सम्पूर्ण लोकतान्त्रिक अग्रगमनकारी शक्तिहरुलाई एकजुट हुन आव्हान समेत गरिएको छ ।





