एसपी रिपोर्टर
काठमाण्डौं, असार ११ : कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ ।
आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन् । शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनीहरूबीच आसन्न महाधिवेशनमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
यसअघि पनि यी तीन नेताहरुले बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए । निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । सोही तयारी अनुसार उनले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् । देउवाले निधीलाई भारतले सभापतिमा लडन उस्काइरहेको भन्दै भारतले जिताएको सभापतिले कांग्रेस चल्न नसक्ने टिप्पनी गरेपछि निधी खुलेरै देउवाको विपक्षमा लविङ्ग थालेका हुन ।





