एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ :
गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बन्दा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत हर्षित भएका छन् । गण्डकीमा एमालेको टकरावका कारण शौभाग्यबस नेपाली मुख्यमन्त्री बनेका छन भने धरापमा पर्ने लागेको राउतको कुर्सी नेपाली कांग्रेस प्रदेश २ ले सम्हाली दिएका हुन । कांग्रेस देशकै पहिलो मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्ती राउतले विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री बनेकोमा नेपालीलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् ।

२०७४ माघ २२ गते गण्डकी प्रदेश सभाको पहिलो बैठक थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियतले रोस्टममा उभिएका कृष्णचन्द्र नेपाली पोखरेलले भनेका थिए, ‘जनताले हामीलाई सरकार चलाउन होइन, पाँच वर्ष प्रतिपक्षमा बसेर खबरदारी गर्ने जिम्मेवारी दिएका छन् ।’

तर, राजनीतिमा कसलाई, कतिबेला अवसर जुर्छ भन्न सकिन्न । त्यसको करीब साढे तीन वर्षमा पोखरेल सत्तासीन हुने अवसर आइलाग्यो । उनी सत्ताको सकसपूर्ण रस्साकस्सीबाट शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका छन् । सत्ता गठजोड आफ्नो पक्षमा पार्दै प्रतिपक्षी दलबाट सरकारको नेतृत्व गर्ने उनी पहिलो नेपाली कांग्रेसका मुख्यमन्त्री बने ।

गत निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनले उनलाई मुख्यमन्त्री बन्ने सम्भावनाको ढोका खोलेको थियो । पोखरेललाई ‘राजनीतिमा आफूले राम्रो केही गर्नु पर्दैन, अरू बिग्रिदिए पुग्छ’ भने जस्तो भयो । पृथ्वीसुब्बा गुरुङलाई विस्थापित गर्दै उनी मुख्यमन्त्री बनेका छन् ।

तनहुँको प्रजातान्त्रिक योद्धा, आदर्शवान कांग्रेस नेताका रूपमा चिनिएका गोवर्द्धन शर्माका छोरा हुन्, कृष्णचन्द्र नेपाली पोखरेल । उनले पनि शालीन नेताकै परिचय बनाए, तर मुलुक संघीय प्रणालीमा गएपछि बल्ल प्रदेशसभामा अवसर पाए । उनी संघीयताको प्रखर विरोधी दल जनमोर्चाकै समर्थनमा मुख्यमन्त्री पनि बने ।
नेपालमा बिग्रिएको राजनीतिक परिस्थितिले उनलाई प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पु¥याएको छ । उनी आफैं भने कहिले आफ्नै पार्टीमा अल्पमतमा परे, संसदीय दलको नेताबाटै हटाउने चलखेलको शिकार बने । अन्ततः दुई महीना लामो राजनीतिक उतारचढावले उनलाई मुख्यमन्त्री बनाएको छ ।