एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठले दशैं अगावै कोरोना विरुद्वको खोप हरेक नेपालीलार्ई लगाउने गरि सरकारले तयारी थालेको बताएका छन् । जनकपुरधाम स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री महासेठले भने, ‘हुन त चुनाव सम्म हरेक नागरिक लाई खोप लगाउने भनिन्छ तर मुख्य उद्देश्य दशै अगावै खोप लगाउने हो ।’
यस अघि भौतीक पुर्वाधार मन्त्री हुँदा जनकपुरधाम सहित धनुषाका साथै प्रदेश २ कै जिल्लाहरुमा सडक र पुलहरु धमाधम निमार्ण हुन थालेको र कतिपय निर्माणकै क्रममा समेत रहेको बताउदै महासेठले भने, ‘अव परराष्ट्रमा आएको छु मेरो लागि नौलो हो तर काम धमाधम सुरु भएको छ ।’

विभिन्न देशका राजदुत र बिदेश मन्त्रीहरुसंग निरन्तर कुराकानी भइरहेको बताउदै उपप्रधानमन्त्री महासेठले ति देशहरुसंगको सम्बन्ध विस्तारका साथै मुख्य चासो कोरोनाको खोपलाई केन्द्रमा राखेर कुराकानी भइरहेको बताए । वल्र्ड बैंकलाई अमेरिकाको जन्सन एण्ड जन्सन कम्पनीको करिव पचास लाख भ्याक्सिनका लागि इजाजत समेत दिइसकिएको उनले बताए ।
धनुषाका सवै स्थानिय तहलाई १ सय अक्सिजन शिलिन्डर हस्तान्तरण
त्यसपछि जनकपुरधामको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रममा बिच उपप्रधानमन्त्री महासेठले धनुषाको सवै स्थानिय तहका लागि भन्दै कुल एक सय अक्सिजन शिलिन्डर हस्तान्तरण गरेका छन् । महासेठ संगै निर्वतमान मन्त्री जुली महतोको विशेष पहलमा समाजकल्याण परिषदद्वारा वल्र्डभिजनले उपलब्ध गराएको शिलिन्डर प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला विपद व्यवस्थापन समितिलाई प्रदान गरिएको छ ।

सो शिलिन्डरहरु मध्ये मिथिला र मिथिला बिहारीलाई १०÷१० वटा का साथै वाँकी १६ वटा स्थानिय तहलाई ५÷५ वटाका दरले प्रदान गरिने जनाइएको छ । साथै ५० थान पिपिई सेट पनि ति सम्पुर्ण स्थानिय तहलाई उपलब्ध गराउने गरि हस्तान्तरण गरिएको छ । कार्यक्रममा समाज कल्याण परिषदका बोर्ड सदस्य संजय कुमार साह, मिथिला र मिथिला विहारीका नगर प्रमुख सहित अन्य स्थानियतहका प्रमुखहरुको सहभागिता रहेको थियो ।





