एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : अन्तत ः जसपाका राजकिशोर यादव समेत एमालेमा प्रवेश गर्ने बुुझिएको छ । केहि दिन अगाडि दुई राज्य सहित दश मन्त्रीले जसपाबाट सपथ ग्रहण गर्दा उनी त्यसमा पर्न सकेन । तर यादव त्यस अगाडि देखिनै प्रधानमन्त्री केपि शर्मा ओलीको सम्र्पकमा रहदै आएका बुझिएको छ ।
यादव निकट एक नेताका अनुसार यादव ठाकुर पक्षमा नखुलेपछि उनलाई ठाकुर पक्षले बैठकहरुमा खोज्न छोडे तर उनको उपेन्द्र यादवसंग पनि राम्रो सम्बन्ध कहिल्यै रहेन । तत्कालिन मधेशी जनअधिकार फोरमको फुट संगै उपेन्द्रले उनलाई मन पराउन छोडेका हुन । विजय कुमार गच्छदार र जेपी गुप्ता संगै वाहिरएका उनी उपेन्द्रको बल्याक लिष्टमा रहेको त्यस नेताले बताए ।
ठाकुर र उपेन्द्र दुवै पक्षमा विश्वास नपाएपछि यादव प्रधानमन्त्री ओलीको सम्पर्कमा पुगेका हुन । जसपाबाट मन्त्री नबनाइएपछि यादव ओलीलाई मन्त्री बनाउने भए एमालेमा आउन तयार हुने बताएको स्रोतले बतायो । अगामि निर्वाचन एमालेबाट लडने गरि यादव मन्त्री बनेको पनि स्रोतको दावी छ ।





