एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ :
नेकपा माओबादी केन्द्रबाट प्रदेश २ मा प्रदेश सभा सदस्य बनेकी ज्वाला साह प्रदेश २ सरकार मन्त्री बन्न नसकेपनि एकै पटक संघिय सरकारकी मन्त्री बनेकी हुन । पार्टी परिवर्तण गरेकी उनलाई प्रधानमन्त्री केपि शर्मा ओलीले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मा दिन लागेका हुन ।

प्रदेश २ को बारा क्षेत्र नं. ३ को ‘क’ क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित साह पहाडी समुदायमा पनि पकड बनाएकी नेतृ हुन छ । कुशल वक्ता र सवैलाई मिलाएर हिन्ने क्षमता भएकी उनी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट थिइन । तर पार्टीमा आएको विभाजन संगै उनले प्रधानमन्त्री ओली समुह रोज्दै एमाले प्रवेश गरिन ।

नेकपा एमालेमा लागेपछि ज्वालालाई पार्टीले प्रदेश २ को अध्यक्ष तथा बारा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो । त्यसो त धनुषाका प्रदेश सांसद रामचन्द्र मण्डल (माओबादीबाट एमालेमा प्रवेश गरेका)लाई पनि ओलीले मन्त्री बनाउन सोचेका थिए तर मधेशी महिला ल्याउनु पर्ने भएकाले ज्वाला पर्न सपल भएकी हुन ।