पुरन रौनियार
जनकपुरधाम, जेठ २७ : प्रदेश २ सरकार अहिले सम्म सकारात्क चर्चा पाउनुको मुख्य कारणको प्रदेश २ सरकारको महत्वकांक्षी योजना हरेक निकायमा ५० प्रतिशत महिला आरक्षण । मुख्यमन्त्री देखि मन्त्रीहरुले हरेक भाषणमा प्रयोग गर्ने गरेको लाइन हो, ‘प्रदेश २ सरकार पुलीस प्रशासनको हाकिम देखि कार्यालय सहयोगी सम्ममा महिलालाई ५० प्रतिशत आरक्षण दिने गरि कानुन बनाउदै अगाडि बढिरेको छ ।’
त्यती मात्र होइन मुख्यमन्त्रीको महत्वकांक्षी योजना ‘बेटी पढाउ बेटी बचाउ’ र कानुन मन्त्रीको ‘सुरक्षित बेटी अभियान’ पनि प्रदेश २ सरकारका राम्रा काममा गिन्ती हुन्छ । तर बिडम्वना प्रदेश २ को निति निर्माण र निर्णायक मानिने मन्त्री परिषद छ जना बाट आठमा बिस्तार भएपनि राजनितिक दलहरुले महिलालाई योग्य सम्झेन । यस कार्यको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
महिलालाई हरेक निकायमा ५० प्रतिशत दिने खोकला भाषणवाजी गर्ने प्रदेश २ सरकारको नियत स्पष्ट भएको महिला नेतृहरुको भनाई छ । जसपाकी प्रखर महिला नेतृ विभा ठाकुर भन्छिन, ‘मधेशको लागि आन्दोलनमा अगाडि हामीलाई राख्ने ? अनि अहिले हामी मन्त्री माग्न काठमाण्डौं स्र्वोच्च जानु पर्ने ?’ पुरुषका लागि मन्त्रालय फोडेर थप्न मिल्ने अनि महिला मात्र प्रयोग हुने ? उनले प्रश्न गरिन ।
उनले आफुहरु यस अघि पहिलो पटक मन्त्री मण्डल विस्तार हुँदा समेत मुख्यमन्त्रीलाई अन्तर पार्टी महिला सञ्जालको तर्फबाट ज्ञापन पत्र नै बुझाएर यस विषयमा ध्यानाकर्षण गराई सकिएको बताउदै आजै प्रदेश २ प्रमुख समक्ष ज्ञापन पत्र बुझाएर संविधान र कानुन अनुसार महिला, दलित, जनजातीको आधारमा मात्र मन्त्रीपरिषद पुर्न गठन मांग गर्ने र सुनुवाई नभए अदालत जाने चेतावनी दिइन ।
पहिलो पटक मुख्यमन्त्री सहित गठन भएको सात सदस्सीय मन्त्री मण्डलमा एक महिला पनि परेका थिएनन । पछि राज्यमन्त्री थप्दा तत्कालिन सपाबाट आर्थिक मामिला राज्य मन्त्री उषा यादव र राजपाबाट भौतीक पुर्वाधार मन्त्री राज्य मन्त्रीका रुपमा डा. डिम्पल झालाई सहभागि गराइएको थियो । तर डा. झा महन्थ ठाकुर पक्षमा रहेकाले उनलाई हटाइएको छ ।

कांग्रेस पनि उस्तै
एता सरकारमा गएका आफुलाई लोकतान्त्रि पार्टी दावी गर्ने कांग्रेसको चरित्र पनि उदाङ्गो भएको छ । कांग्रेसले तिनजना मन्त्री पठाउँदा महिलाई सम्झेन । जव कि संविधान अनुसार तिनजनामा एक महिला अनिवार्य हुनु पर्ने हो ३३ प्रतिशत । तिनैजना पुरुष मन्त्रीहरु सपथ ग्रहण गर्न जाँदा भने महिला सांसदहरुलाई संगै लिएर गएका थिए ।





