एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १७ :
जसपाको ठाकुर पक्ष सरकारमा जाने चर्चा छ । ओली नेतृत्वको वर्तमान सरकारले मधेशका मुद्दाहरु सम्बोधन गरेको र वाँकी सम्बोधन गर्ने क्रममा रहेको भन्दै ठाकुर पक्ष सरकारमा जाने मनशाय बनाइसकेको चर्चा छ तर पनि सो समुह सरकारमा सहभागि हुन सकिरहेको छैन । स्रोतका अनुसार जसपाको सो समुह भित्र मन्त्रीको आकांक्षी धेरै रहेकाले समस्या भइरहेको छ भने जसपाले गृहमा आफनो दाबी छाडेको छैन ।

तर जसपाका युवा नेताहरु भने जसपाले नयाँ र युवा चेहराहरुलाई मन्त्री बनाउदा बिबाद रहित र पार्टीका लागि उत्तम हुने तर्क गरिरहेका छन् । जनकपुरधाम स्थित जसपा नेता सञ्जय चौधरीले मन्त्री मण्डलमा जसपाले युवाहरुलाई स्थान दिनुपर्ने बताउछन् । उमाशंकर गरगरिया, प्रमोद साहहरु जस्ता कर्मठ युवाहरुले मन्त्रीमा अवसर पाइरहेको सुन्दा खुसी लागेको बताउदै उनले भने, ‘डर पनि लाग्छ कहि भागबण्डाको हिसावमा उनीहरुलाई पाखा लगाइदिने पो हो कि ?’

मन्त्री मण्डलमा अनुभवी पाको नेताको पनि केहि सहभागिता आवश्यक भएपनि मधेश आन्दोलनमा युवाहरुको सम्मान जनक भुमिका रहेकाले अहिले युवालाई बिर्सन नहुने उनको तर्क छ । उनले युवाहरुलाई स्थान दिन जसपाकै लागि फाइदा हुने बताए । जसपाका नेता राजिव झाले पनि मन्त्री मण्डलमा युवाहरुको सम्मानजन सहभागिता रहनु पर्ने तर्क गर्छन । वाहिर शिर्षनेताहरुलै मन्त्री बन्न हानाथाप गरिरहेको गलत प्रचारबाजी भइरहेकाले युवालाई समावेश गर्दा सकारात्मक सन्देश जाने उनको कथन छ ।

अर्का नेता मनोज चौधरीले पनि आजको आवश्यकता युवाहरु रहेको बताउछन् । जसपाले अरगरिय र साह सहित विमल श्रीवास्तव, चन्दा चौधरी सहितका नयाँ चेहरा मन्त्रीका रुपमा ल्याउन लागेको चर्चा छ । जसपाको ठाकुर पक्ष आजै भोली सरकारमा जाने कसरतमा छन् ।