एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ९ : महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महताले वर्तमान अवस्थाको सामाधान दृढ निर्णय गर्न सक्ने क्षमतावान नेतृत्वले मात्र गर्न सक्ने र त्यो क्षमता प्रधानमन्त्री ओलीमामा मात्र रहेको बताएकी छन् । देशमा विपक्षी भनिने पाँचदहरु स्र्वोच्च अदालतबाटै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री घोषणाको दावी गरिरहेका वेला मन्त्री महतोले भनिन, ‘व्यक्ति ठुलो कुरो होइन यो विषम परिस्थितीको समाधान चानचुन निर्णयले हुन्न ।’
मुलुकको राजनितिमा पछिल्ला घटनाहरु र त्यसमा प्रधानमन्त्री ओलीद्वारा लिएका अडान र चट्टानी निर्णयले यस परिस्थितीको समाधान गर्ने उत्तम नेतृत्व ओली नै रहेको उनको तर्क छ । सुरु देखिको विपक्षीको घोचपेच, विदेशी हस्तक्षेप र षडयन्त्रहरुका बाबजुद विरामी अवस्थामा पनि परिस्थतीलाई चिर्दै प्रधानमन्त्री ओलीले देखाएको शाहस सराहनिय रहेको उनको तर्क छ ।
उनले संघिय सरकार प्रदेश २ मा कोरोना नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताइन । आज मात्रै स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीसंग कुरा गरयौं उनले भनिन, ‘प्रदेश २ मा एकै पटक दुई लाख एन्टिजेन किट पठाउने सहमती भएको छ ।’ संक्रमण गाँउ सम्म विस्तार भएकाले परिक्षण दायरा बढाउन प्रदेश २ मा विशेष प्याकेजको तयारी भइरहेको उनले जानकारी गराइन ।





