एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ७ :
राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेको समयभित्रै विपक्षी दल बहुमत सदस्यको दावीसहित शीतल निवास प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउन लागिएको नेताहरूले बताएका छन् ।

विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्नेहरुमा एमालेको माधव नेपाल पक्षका सांसद पनि छन् । नेपाल पक्षका २७ सांसदको हस्ताक्षर रहेको बताइएको छ । तर नेपाल पक्षका सुरेन्द्र पाण्डे, जयकुमार राई लगायतले आफूहरुको हस्ताक्षर नगरेको भनिएकोमा योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्न असहमत भएका छन् । भट्टराई निकट स्रोतले उनले हस्ताक्षर नगरेको जानकारी दियो ।

नेपाल प्रेसबाट