एसपी रिपोर्टर
काठमाण्डौं, जेठ ५ :
महिला बालबालिका तथा जयेष्ठ नागरिक नागरिक मन्त्री जुली महतोले स्वास्थ्य मन्त्रालयलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकी छन् । करुणा फाउन्डेशनले उपलब्ध गराएको सो उपकरण मन्त्री महतोले एक समारोहका बिच स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन । अक्सिजन उत्पादनमा काम लाग्ने सो उपकरण मन्त्रालयलाई सहयोग गरिएको मन्त्री महतोका स्वकीय सचिव सञ्जित मण्डलले बताए ।

फाउन्डेशनले उपलब्ध गराएको सो परिमाणको उपकरणहरु समाज कल्याण परिषद मार्फत एकद्वार प्रणाली अन्तर्गत उपलब्ध गराएको हो । मन्त्री महतोले सो उपकरणहरु अक्सिजनको अभाव रहेको यस विषम परिस्थतीमा सदुपयोग हुने विश्वास व्यक्त गरेकी छन् । स्वास्थ्य मन्त्री त्रिपाठीले सहयोगका लागि फाउन्डेशन र मन्त्री महतोलाई धन्यवाद ज्ञापन गरेका छन् । सो अवसरमा स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मीको समेत सहभागिता थियो ।