एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ :
जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदिय दलका नेतामा वरिष्ठ नेता राजेन्द्र महतोलाई चयन गरिएको जानकारी संसद सचिवालयलाई जानकारी गराइएको छ । संघिय संसद सचिवालयका महासचिवको नाउँमा पत्र लेख्दै पार्टी अध्यक्ष महन्थ ठाकुरले दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टीले चयन गरेको उल्लेख छ ।

संसदिय दलको बिधान र संसदिय दलको बैठको म्यानुट सहित संसद सचिवालयलाई सो जानकारी गराइएको पत्रमा उल्लेख छ । संसद सचिवालयले उक्त पत्र दर्ता गरेको छ ।

हेर्नोस पत्र