पुरन रौनियार
जनकपुरधाम, जेठ ४ :
जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि परिपक्व राजनितिक दल सावित हुदै गएको छ । अरु राष्ट्रिय दलहरु आफु भित्र विवाद देखाएर पार्टीलाई अगाडि बढाउने राजनिति गरे जस्तै जसपा नेपाल देशका मुख्य राजनितिक दलहरुलाई चक्मा दिन थालेका छन् ।

प्रधानमन्त्री केपि शर्मा ओलीलाई जसपाको एक पक्ष विश्वासको मत नदिएर र अर्को पक्ष तटस्थ बसेर एमाले, कांग्रेस र माओवादीलाई साइजमा ल्याइदिएका छन् । नेपालको वर्तमान राजनितिक घटना क्रम अनुसार अव देश जसपा बिना अगाडि बढन सक्दैन । प्रधानमन्त्री ओलीलाई सत्तामा टिकि रहन जसपाको कम्तिमा एक पक्षको अति आवयश्कता छ । तर त्यसका लागि ति पक्षले अघि सारेको रेशम चौधरीको रिहाई, मधेश आन्दोदनका सवै मुद्दा फिर्ता र संविधान संसोधनका लागि उपयुक्त कार्यदल सहितको मांग ओलीले पुरा गर्नै पर्ने हुन्छ ।

एमाले भित्र व्यापक विवाद देखिन्छ तर एमाले एकताको सवालमा जस्तो सुकै कम्परमाइज गर्न सक्छ भन्ने कुरा ओली र माधव नेपालको विगतको केहि गतिविधीले देखिए जस्तै जसपा नेपालमा समेत नेताहरु ठाकुर, यादव र महतो समेत ति दलहरुलाई आफनो रणनितिक जालमा फँसाइरहेको छ । जसपाको दुई पक्ष मध्ये एक पक्ष विपक्षी गठबन्धन र अर्को पक्ष सत्ता पक्ष संग नजिक हुनु उतम राजनिति र परिपक्व रणनिति रहेको जानकारहरु बताउछन् ।

ई सवै तर्कहरुलाई आज जसपाका अध्यक्षद्वय तथा मधेशका प्रभावशाली दुई नेताहरुले जारी गरेको विज्ञप्तीले स्पष्ट गरेको छ । जसपा फुटयो, ठाकुर र महतो सरकारमा जान्छ भन्ने हल्लाका बिच जारी भएको यो विज्ञप्तीले सवैलाई शान्त पार्नेछ ।

ह्ेर्नोस विज्ञप्ती

जसपा मधेश केन्द्रित दल मात्र होइन देशकै बैकल्पिक शक्ति रहेकाले मुख्यदलहरुलाई सताउने र आफनो अधिनमा राख्न सक्ने निति अख्तियार गर्ने पर्ने बताउछन् मधेशका जनकारहरु । आफना गतिविधीले मधेश र देशका जनताको भावना बुझेर रणनिति तहत अगाडी बढने योजनामा नेताहरु ठाकुर, यादव, महतो र भट्टराई रहेको उनीहरुको तर्क छ ।

नाम उल्लेख नगर्ने सर्तमा उनीहरुका अनुसार पुष्पकमल दाहाल प्रचण्डलाई तह लगाउन ओली र माधव नेपालले योजना तहत एमाले र माओवादी अलग गरेका हुन । दाहालका कारण राजनितिमा धेरै उताव चढाव आएपनि संस्थागत हुन नसक्ने ठहर सहित ठुला नेताहरु योजना बनाएर पछिल्ला गतिविधीहरु गरेको हुन सक्ने अनुमान उनीहरुको छ । जस्मा जसपाले अहिले चालिरहेको कदम पनि परिपक्व रहेको उनीहरुको भनाई छ । ओलीलाई ठाकुर पक्षको मांग पुरा गर्ने पर्ने र प्रचण्ड तथा शेरबहादुर देउवालाई यादव नभई नहुने स्थिती जसपाका लागि उतम परिस्थिती रहेको जानकारहरुको विश्लेषण छ ।

जसपा अगामि विश्वासको मत र नयाँ सत्ता समिकरणमा सफल भए अगामि निर्वाचन सुखद हुने समेत विश्लेषण धेरैको छ । मधेशमा निर्णायक मानिएका ठाकुर, यादव र महतोको समिकरण योजना तहत अगाडि बढे जसपाको मांग, मुद्दा र अगामि निर्वाचन समेत थप शस्क्त भएर सुखद परिणाम हुने अनुमान उनीह्रुको छ । व्यपाक प्रचार र हल्ला तथा फुटको गन्ध र सुगन्धहरुका बिच आजको अध्यक्षद्वयको विज्ञप्तीले मधेशमा सकारात्मक सन्देश प्रभाव हुने जानकारहरु बताउछन् ।