एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ :
बाराको कलैयामा दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । कलैया उपमहानगरपालिका–७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको बारा प्रहरीले जनाएको छ ।

उनीहरुको शव भेटिएको र दुवैजना सहोदर दाजुभाई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ‘सोमबार बेलुका ७ बजे सँगै घरबाट निस्किएका दुवैजना बिहान घाँटी रेटिएको अवस्थामा भेटिएको हो ।’ घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।’