एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३ : कोरोना संक्रमण भएपछि आफन्त पनि छुन डराइरहेको अवस्थामा माथीको तस्वीर साचिकै साहसिक कामलाई दर्शाइरहेको छ । विरामीलाई तन्नामा बेडेर उद्दार गरिरहेका युवाहरु हुन राकेश विक्रम साह र जितेन्द्र साह । उनीह्रुले एम्बुलेन्स बोलाएर आफनै तन्नामा विरामीलाई बेरेर अस्पताल पुरयाइ दिएका छन् ।

यो तस्वीरले धेरै समाजिक जिम्मेवारी दर्शाउदछ । कोरोनामा कसैले कसैलाई नछुने, नजिक नआउने र डराउने यस विषय परिस्थतीमा युवाहरुको यस तस्वीरहरुले समाजको आपसी सदभाव, सहयोग र एकता स्पष्ट गर्दछ । विषम परिस्थतीमा एक अर्कालाई बिना सहयोग समाज अगाडि बढन सक्दैन । युवाहरु कोभिड–१९ क्वीक रेस्पोन्स टिममा आवद्व भई यस्ता समाजिक परोपकारका काम गर्दै आएको छ ।


