एसपी रिपोर्टर
काठमाण्डौं, जेठ ३ :
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले जेठ १५ गते नै बजेट ल्याउने बताएका छन् । यसपटक प्रि बजेट छलफल नहुने उनको भनाई छ । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका छन् । उनले सरकार नीति तथा कार्यक्रममा जुटिसकेको र छिट्टै पेश हुने पनि विश्वास दिलाए । तर, यसपटक समय नभएकोले प्रि बजेट छलफल नहुने उनले स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले जेठ १५ गते नै संसदमा बजेट पेश हुने बताए । उनले बजेट पारित हुने पनि विश्वास दिलाए । फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छिट्टै विश्वाको मत लिने पनि बताए । प्रधानमन्त्रीले विश्वासको मत नपाए संसद विघटन भएर मुलुक चुनावमा जाने उनले स्पष्ट पारे ।

त्यस्तै, सरकारले सबै नागरिकलाई खोपको व्यवस्था गर्ने भन्दै त्यसको लागि द्रुत गतिमा काम भैरहेको पनि सुनाए । सरकारले विभिन्न देशबाट खोप ल्याउने प्रयास गरिरहेको उनले जनाए । अहिले अमेरिका, चीन, रुस, भारत र दुवईबाट खोप ल्याउन लागिएको मन्त्री ज्ञवालीले बताए । जनतालाई उपचारको पहुँचमा पुर्याउनेगरि सरकारले सम्पूर्ण बन्दोबस्त गरेको पनि उनले जनाए ।

चुनावी सरकारमा जान्छौ

जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता सर्वेन्द्रनाथ शुक्लाले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले जसपाको मुख्य ध्यान आफ्नो माग र मुद्दा भएकोले त्यतातिर नै बढि केन्द्रित हुने जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन आग्रह गरिरहेको अवस्थामा जसपाका नेता शुक्लाको यस्तो भनाई आएको हो ।

उनले भने, हाम्रो पार्टी अहिले सरकारमा जाँदैन् । प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिँदैन् । हामी फेरि तटस्थ बस्छौं । यद्धपी उनले चुनावी सरकारमा भने सहभागी हुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसके मुलुक अब चुनावमा जाने निश्चित् भएको उनको टिप्पणी छ ।

अब संसद विघट्न भएपछि गठन हुने चुनावी सरकारमा जसपा सहभागी हुने उनको दाबी छ । पछिल्लो समय जसपामा पनि दुई धार देखिएको अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन् । यसअघि पनि उक्त पक्षले संसदमा विश्वासको मत लिने बेला तटस्थ बसेर ओलीलाई नै सघाएको थियो । प्रधानमन्त्री ओली सकेसम्म जसपाको साथ लिएर विश्वासको मत लिने पक्षमा छन् । तर, विश्वासको मत नपाए संसद विघट्न गरेर चुनावमा जाने उनको रोडम्याप स्पष्ट छ ।