एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३१ :
प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।

संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् । साथै आजै अन्य मन्त्रीहरुको समेत सपथ ग्रहण हुनेछ ।