एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३० :
आज नेपालको राजनितिमा नयाँ तरंग उत्पन्न हुनेछ । विपक्षी गठबन्धनको जित भए शेर बहादुर देउवा र नभए पुनः प्रधामन्त्री केपि शर्मा ओली दोहरिने छ । यस संगै ओली तेस्रो पटक प्रधानमन्त्री हुने छ । प्रधानमन्त्री ओली प्रधानमन्त्री बन्न दुई वटा घटना सुरक्षित हुनु पर्ने छ । प्रथम माधव कुमार नेपाल एमालेमै रहने र दोस्रो जसपाको ठाकुर–महतो पक्षका सांसद सुरक्षित रहने ।

तत्कालिन राजपाका एक नेताका अनुसार ठाकुर महतो पक्षमा १९ सांसदहरु सुरक्षित छन । उनीहरुलाई एक रिसोर्टमा राखिएको छ । स्रोतका अनुसार उनीहरुसंग तल उल्लेखित सांसदहरु रहेको छ जस्को नामावली राष्ट्रपति समक्ष पठाइसकिएको पनि छ ।

हेर्नोस सांसदहरुको नाम

महन्थ ठाकुर,
राजेन्द्र महतो,
शरतसिंह भण्डारी,
इकवाल मिया,
विमल श्रीवास्तव,
अनिलकुमार झा,
अमृता अग्रहरी,
चन्दा चौधरी,
चन्द्रकान्त चौधरी,
उमाशंकर अरगरिया,
दुलारीदेवी खंगा,
नरमाया ढकाल,
रुही नाझ,
निर्जला राउत,
राजकिशोर यादव
रानी मण्डल
लक्ष्मणलाल कर्ण
प्रमोद साह
कलुदेबी बिश्वकर्मा

यसरि माधव नेपाल एमाले भित्र अटाइयो र ठाकुर पक्ष ओली तर्फ लाग्यो भन्ने ओली प्रधानमन्त्री सुरक्षित रहने स्रोतको दावी छ ।