एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३० : नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फुकुवा गरेको छ । एमाले स्थायी कमिटी बैठकले थप निर्णय लिने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
सरकार बनाउन दलहरुलाई बहुमत सहितको दावी प्रस्तुत गर्न राष्ट्रपतिले समय सिमा तोकेको दिन ओलीपक्षद्वारा गरिएको यस निर्णयले नेपालको राजनितिमा पुनः टवीस्ट हुने संकेत देखिन्छ । स्थाई कमिटिको यस निर्णय अगाडि माधव कुमार नेपाल र विष्णु पौडेल विच भेटवार्ता भएको थियो ।





