काठमाडौँ । फागुन १९, २०७६
नायिका प्रियंका कार्कीले नायक आयुषमान देशराज जोशीसँग फागुन १५ मा विवाह भएको छ। विवाहमा नेपाली चलचित्र क्षेत्रका धेरै हस्तीहरु उपस्थित थिए। धेरैले प्रियंका र आयुषमानको जोडि ‘आयांक’ लाई शुभकामना दिए।
यस्तै नायिका केकी अधिकारीले फेसबुकमार्फत प्रियंकासँगको तस्बिर सार्वजनिक गर्दै भावनात्मक सन्देश लेखेकी छन्। उनले प्रियंकाको नामको अर्थ लेख्दै प्रियंकाको क्षमता बताएकी छन्। उनले लेखेकी छन्, ‘तिमी कामले नाम बनाएकी मान्छे, तिम्रो काम अनि नामको प्रशंसा गरेर म तिमीलाई तिमी त्यति मात्र हौ भन्न सक्दिन। मैले तिमीलाई नजिकबाट चिन्ने मौका पाएकी छु र त थाहा पाएकी छु कि तिमी त्यो भन्दा धेरै हौ।’
केकीले प्रियंकालाई आँट दिएको, निडर र आफ्नो ढंगले जीवन जिउन सिकाएको। हाँस्न अनि अनघाउनेगरी माया गर्न सिकाउने प्रियंका भएको बताएकी छन्। उनले प्रियंकालाई प्रेरणा बनिसकेको बताएकी छन्।
प्रियंका र केकी मिल्ने साथी हुन्। केकीलाई प्रियंकाले ‘भुन्टी’ भनेर बोलाउने गरेकी छन्।