एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ८ : धनुषाको माटिझिटकहिया–६ बस्ने रोशन साफी गत बैशाख १ गते नयाँ सालको दिन मोटरसाइकल किन्न ओम अटो मोबाइल्स जनकपुरधाम पुगे । बजाजको १ सय ५० सीसी मोटरसाइकल छनौट गरि तत्काल १ लाख ७५ हजार रुपैया नगद बुझाएर उनी थपमा दिइने बाइकको पाटपुर्जा जडान गराउन तर्फ केन्द्रित भए ।
बजाजको मोटरसाइकल किन्दा शुन्य अफरमा न्युनतम दश हजार देखि अधिकतम दश लाख सम्मको नगद उपहार रहेको थाहा पाउदा पाउदै समेत उनले त्यस दिन त्यता तर्फ ध्यान दिएन र बाइक लिएर घर तिर लागे । ९५ हजार ३ सय रुपैया तिर्न वाँकी नै रहेकाले सो दिन स्क्रयाच कुपनसंग उनको कुनै चासो रहेन । बैशाख ८ गते सम्म वाँकी पैसा लिएर आउने वाचा सहित गएका उनी आज समयमै वाँकी पैसा बुझाउन शो रुम पुगे र उनको भाग्य खुल्यो ।
आज शो रुमको वाँकी रकम ९५ हजार ३ सय जसो तसो उपाय गरि बुझाउन गएका रोशन भाग्य रोशन हुनु थियो उनले वाँकी पैसा तिरेर कुपन स्क्राच गर्दा छ सुन्य अर्थात दश लाख नगद लक्की उपहार प्राप्त गरेका छन् । उनको कुपनमा छ शुन्य देख्दा एक छिनका लागि शो रुमका कर्मचारीहरु समेत उनको मुहारमा टुलुटुलु हेरिरहे र त्यसपछि बधाई दिनै फुलको गुच्छाले सम्मान गरे ।
नवौं दिनको रोजामा रहेका रोशन एसपी खवरसंगको कुराकानीमा अपार खुसी व्यक्त गरे । उनले भने, ‘वाँकी पैसा तिरेरै स्क्राच गर्छु भन्ने सोचेको थिए भाग्यले साथ दिएछ ।’ उनले अल्लाह (इश्वर)लाई सुकरिया भने । जनकपुरधामको मुजेलियास्थित ओम अटो मोवाइल्समा बजाज मोटर साइकल किन्दा शुन्य अफर अन्तर्गत सवैभन्दा कम १० हजार र सवैभन्दा बढी १० लाखको इनाम राखिएको छ ।
साफीलाई बुधवार ओम अटो मोवाइल्समा आयोजित एक कार्यक्रमका बिच १० लाखको चेक हस्तान्तरण गरिएको छ । अफरमा शुरुमा १ र पछि जतिवटा शुन्य थपिन्छ त्यति वापतको उपहार दिने स्कीम रहेको ओम अटोमोबाइल्सका सञ्चालक सन्तोष साहले बताए । स्कीम आएपछि दैनिक करिव ४ सय भन्दा बढी मोटरसाइकल विक्री भइरहेको शो रुमको भनाई छ ।
यस अघि बजाज शुन्य अफर स्किममै महोत्तरीको महदैया तपनपुरका बृशेष कुमार यादवले चैत ३ गते १ लाख रुपैयाँ उपहार पाएका थिए । चैत १ गते देखि शुन्य अफर लागु भएको शो रुमले जनाएको छ ।