एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : जनकपुरधाम उद्योग बाणिज्य संघमा नवनिर्वाचित भनिकाएहरुले चोरबाटोवाट सपथ ग्रहण गरेको रहस्य खुलेको छ । कसैलाई थाहै नदिई शुक्रवार दिउँसो सपथ ग्रहण अचानक गरिएको बताइएको छ । विजेता घोषणा गरिएकाहरुलाई मात्र चुपचाप बोलाएर सपथ ग्रहण गराइएको स्रोतले जनाएको छ ।
सपथ ग्रहणमा निर्वाचन समितिका संयोजक सन्तोष साह र पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य निर्मल चौधरीको मात्र उपस्थिती रहेको बताइन्छ । निर्वाचनमा महासचिवका उम्मेदवार रहेका निवर्तमान कोषाध्यक्ष अशोक चौधरीले फेसबुकमा आक्रोसित हुदै लेखेका छन्, ‘यस्तो निर्वाचन र जित आज सम्म कहिल्यै देखेको र सुनेको थिइन ।’
निर्वाचनमा करिव एक सय मतपत्र अतिरिक्त (बढी) देखिएपछि कडा प्रतिस्पर्धा भएको वरिष्ठ उपाध्यक्षको उम्मेदवार सुरेन्द्र भण्डारी न्याय माग्दै अदालत पुगेको छ । मतपत्र बढी देखिएपछि अन्यौलमा परेको जउबा संघको मत परिणामको विभिन्न चर्चा परिचर्चा भइरहेकै वेला शुक्रवार बिना कसैलाई कुनै जानकारी चोरबाटो वाट सपथ ग्रह्ण गरिएको खवरले उद्योगी व्यवसायीमा झनै अन्यौलता र शंका उत्पन्न हुने देखिन्छ । यद्यपि यस्को आधिकारिक पुष्टी भने हुन वाँकी रहेको छ ।