एसपी रिपोर्टर
जनकपुरधाम, चैत २९ : जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको केहि मतगणना अन्यौलमा परेको छ । जनकपुरधामको गोपाल धर्मशालामा शनिवार साँझ सम्पन्न भएको मतदान पछि अवेर राती सुरु भएको मतगणना आइतवार विहान अन्यौलमा परेको हो ।
मतगणना भइरहदा महिला सस्दय र उपाध्यक्ष पद सहितको बाकसमा अतिरिक्त मतपत्र देखिएपछि मतगणना स्थगित भएको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले निर्वाचन समितिसंग कुल खसेको मत प्रमाणित हुने मुचुल्काको फोटोकपी दिन मांग गरेका छन् । कडा प्रतिस्पर्धा रहेको सो पदमा भण्डारी आफना निकटतम प्रतिद्वन्द्वी मनिष रमन साह भन्दा करिव ६० मतले अगाडि रहेका छन भने करिव ११ सहितको एक मत पेटिकाको मतगणना हुन वाँकी छ ।

महिला सदस्य तथा उपाध्यक्ष पदको मतगणनामा करिव १ सय मतपत्र अतिरिक्त भेटिएपछि निर्वाचनमा धाँधली भएको अनुमान गरिएको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार भण्डारीले आफनो मत पेटिकामा समेत अतिरिक्त मतपत्र भएको हुन सक्ने भकाएले खसेको कुल मत सहितको निर्वाचन समितिको मुचुल्का मांग गरेपछि समितिले सो दिन नमानेको एसपी खवर स्रोतले बतायो ।
टायर बालियो प्रहरीद्वारा लाठी चार्ज
एता निर्वाचन समितिले निश्पक्ष काम नगरेको र चुनावमा धाँधलीको संकेत देखिएको भन्दै मतगणना स्थल वाहिर युवाहरु टायर बालेर नारावाजी गरेका छन् । टायर बालेर विरोध हुन थालेपछि प्रहरीले लाठी चार्ज सहित अवरोध गरेको बताइएको छ । निर्वाचन समितिले कुल खसेको मत सहितको मुचुल्काको फोटोकपी नदिए सम्म मतगणना नमान्ने बताइएको छ । प्रहरीको हस्तक्षेप पछि माहोल शान्त बनेको छ ।