एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ :
जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । जनकपुरधामको गोपाल धर्मशालामा हुने मतदानमा धनुषा जिल्लाका करिव ५१ सय मतदाताले मतदान गरिरहेका छन् । निर्वाचनमा अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने भएकाले यि दुवै पदका प्रत्यासीहरुको चर्चा परिचर्चा व्यापक छ ।

अध्यक्षमा जितेन्द्र प्रसाद साह तथा जितेन्द्र महासेठ र वरिष्ठ उपाध्यक्षमा मनिष रमण साह तथा सुरेन्द्र भण्डारी उम्मेदवार छन् । वर्तमान कार्यसमितिमा उनीहरु क्रमश साह वर्तमान वरिष्ठ उपाध्यक्ष, महासेठ महासचिव मनिष सल्लाहकार र भण्डारी उपाध्यक्ष हुन । वाँकी उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सदस्य र महिला सदस्य पदहरुमा दर्जनौ उम्मेदवारहरु बिच प्रतिस्पर्धा भइरहेको छ ।

समाचार तयार पार्दा सम्म करिव ३ हजार भन्दा बढी मत खसिसकेको बताइएको छ ।