एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २१ : प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले संघिय शहरी विकास मन्त्री प्रभु साहको कडा आलोचना गरेका छन् । जिल्ला सहकारी संघ धनुषाको साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै राज्यमन्त्री यादवले भने, ‘गाँउको निमुखा किसानको बालीनालीमा डोजर लचाएर हाम्रो मन्त्री शहरी बिकास गर्ने रे ।’

अगामि महाशिवरात्रीका दिन भोजपुरी नायिका ल्याएर नाचगान गर्न निमुखा किसानको भण्डारण गर्न तयार भइसकेको गहँु सहितका बालीहरु माथी डोजर लगाएर कस्तो किशिमको विकास प्रदर्शन गर्न खोजिएको हो ? उनको प्रश्न थियो । उनले प्रदेश २ सरकार प्रदेशको किसान र कृषि क्षेत्रको विकासका लागि प्रतिवद्व रहेको बताए । कार्यक्रमको उदघोषण संघका सदस्य नथुनी यादवले गरेका थिए ।
सहकारी संघको कार्यक्रममा धक्कामुकी

एता राज्य मन्त्री सहभागी कार्यक्रममा उनकै पार्टी आवद्व केहि सहकारीकर्मीहरुले नै कार्यक्रमको विरोध गर्न थालेपछि होहल्ला भएको थियो । संघका अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले असन्तुष्टी व्यक्त गर्दै विरोध गरेका थिए । फर्जि सदस्यहरुको आडमा संस्थाका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले भ्रष्टाचार लुकाउन साधारणसभा आयोजना गरेको भन्दै अध्यक्ष यादव नेतृत्वको समूहले कार्यक्रममा नारावाजी गरेका हुन ।

गैरकानूनी रुपमा आयोजना भईरहेको साधारणसभा रोक्न आग्रह गर्दा राज्यमन्त्री यादव उल्टै जाइ लागेपछि विरोध गर्न परेको कार्यक्रममा सहभागी शेयर सदस्य संजय कुमार साहले बताए । उनले भने, ‘हरियौत समूहले संस्थाको चल अचल सम्पत्ति हिनामिना गरेको आरोप लगाउँदै रामबाबुको समूहले साधारणसभा रोक्न खोजेका थिए ।

निवर्तमान अध्यक्ष हरियौत र जिल्ला वचत सहकारी संघ धनुषाका अध्यक्ष ध्रुवनारायण यादव लगायतका पदाधिकारीमाथि सहकारी जगेडा कोषको ४७ लाख, सहकारीको घर भाडा वापतको मासिक १ लाख ३२ हजार, राष्ट्रिय सहकारी बोर्डको अनुदान रकम २० लाख र संघको १७ धुर जग्गा कौडिको भाउमा बेचेर रकम अनियमितता गरेको आरोप उनीहरुको छ । पछिल्लो २४ वर्ष देखि हरियौत नै संस्थाको अध्यक्ष रहि संघ भित्र गैरकानूनी तरिकाबाट काम गरिरहेको भन्दै बहुमत सदस्यले रामबाबु यादवको अध्यक्षतामा गत वर्ष संघको अलगै नेतृत्व चयन गरेका थिए ।