एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १८ : जनकपुरधाममा मेला महोत्सवमा नविनतम प्रविधि प्रदर्शनीको आयोजना गरिएको छ । प्रयोगशाला डे को अवसरमा जनकपुरधाम स्थित राइजोवियम तथा घाँसवाली बीउ विजन प्रयोगशालाको आयोजनामा भएको प्रर्दशनीमा नयाँ प्रविधीहरुको प्रदर्शनी गरिएको छ ।

कार्यक्रममा नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव प्रमोद नारायण कडेलले प्रदेश २ दुध, माछा, मासु तथा अण्डामा मात्र नभई बीउ विजन तथा घाँसमा समेत आत्मनिर्भर हुन सक्ने प्रवल सम्भावनाहरुको रहेको भन्दै किसानहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याइने बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले माछा, मासुको मांग पुरा हुने गरेको भएको भएपनि दुधको आपुर्ती हुन नसक्नुले पनि पशुपालन प्रतिको उदासिनता देखिएको बताए । सचिव कडेल सहितका अतिथिहरुले गाईलाई घाँस खुवाएर समुदघाटन गरेको प्रर्दशनी उनीहरु सहित उपस्थित सवैले अवलोकन गरेका थिए ।



कार्यक्रमका बिच सम्बन्धित विषयमा उत्कृष्ट निबन्ध लेख्ने तिनजना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।