एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ : जनकपुरधाम उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा व्यवसायी अम्भु प्रसाद साहले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलनको आयोजना गरि उपाध्यक्ष पदमा उम्मेदबारी दिने घोषणा गरेका छन् । उनी जनकपुरधामको मिल्स एरिया स्थित शिवम् ट्रेडर्सका संचालक हुन ।

शनिबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा साहले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे । व्यापारी स्मृद्व नभए सम्म देश स्मृद्व हुन नसक्ने बताउदै उनले आफनो २० बुँदे घोषणा पत्र समेत जारी गरेका छन् । यो संगै जउबा संघको निर्वाचनमा उम्मेदवारहरु धमाधम उम्मेदवारीमा उत्रिन थालेका छन् ।

धनुषा जिल्लाका सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यावसायीहरुको हकहितको संरक्षण तथा सम्वद्र्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासका निम्ति आफूले उम्मेदबारी घोषणा गरेको उनले बताए । स्वयम उपाध्यक्ष बनेपछि उद्योग, बाणिज्य तथा श्रम सम्बन्धी विवादको मध्यस्ता गर्ने गराउने र सोको निम्ति सबै किसिमको आवश्यक कार्य गर्ने उनले प्रतिबद्धता जनाए ।