एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २५ : प्रदेश २ सरकार प्रदेशमा धमाधम सिँचाई आयोजनाको शिल्यानास गर्न थालेको छ । तराई मधेशमा सिँचाई हुन सके कृषि क्रान्ति हुने र प्रदेश समृद्व हुने भएकाले प्रदेश २ सरकार सिँचाईलाई प्राथमिकतामा राखेको भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको भनाई छ । यसै क्रममा आज धनुषाको धनुषाको हंसपुरमा थप एक सिँचाई आयोजना शिलान्यास गरिएको छ । मन्त्री सोनलले शिल्यानास गरेको सो आयोजनाले हंसपुरको ४ सय हेक्डर जग्गा सिंचाई हुने छ ।
प्रदेस सरकार भौतिक पुर्वधार बिकास मन्त्रालय प्रदेश नं. २ जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय जनकपुरधामद्वारा हंसपुरको औरही नदी सिचाई योजनाको शिल्यानास गरिएको कार्यालय प्रमुख वरिष्ठ ईन्जिनियर भगवान झाले बताएका छन् । हँसपुर नगरपालिका वार्ड न. ३ कठपुल्लामा एक कार्यक्रम बिच आयोजनाको शिलान्यास गरिएको झाले बताए ।
योजनाको कुल लागत रु. १५ करोड ४५ लाख रहेकोमा सिचाई योजनाबाट कृषकहरुको ४ सय हेक्डर जग्गालाई वर्ष भरी सिचाईको लागि पानी उपलब्ध हुने बताइएको छ । ६ सय घरदुरी का करिव ३ हजार २ सय ५० किसानहरु धान, गहुं, तेलहन बाली सहितका लागि वर्ष भरिनै उत्पादन गर्न सक्ने र लाभाम्वित हुने झाले बताए । योजना आार्थिक वर्ष २०७९÷०८० भित्रमा सम्पन गर्ने लक्ष्य लिईएको छ ।
शिल्यानास समारोहमा प्रदेश सांसद रामचन्द्र मण्डल, हसपुर नगरपालिका मेयर राम ज्ञान मण्डल, भौतिक पुर्वाधार मन्त्रालयका सचिव रामा आधार साह, सिडीई अजय कर्ण, सिचाई डिभिजन कार्यालयका प्रमुख भगवान झा लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।