एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २३ :
भाग्यलाई कसैले रोक्न सक्दैन । जस्को भाग्यमा जे हुन्छ त्यो अवश्य प्राप्त हुन्छ नै । यस्तै भएको छ एकजना टिभिएसका भाग्यशाली ग्राहकलाई पनि । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहियाका रतनेश कुमार कर्ण टिभिएसको स्ट्राइकर मोटर साइकल किन्दा उनलाई टिभिएसकै सवै भन्दा महङ्गो अपाचे आरआर ३१० मोटर साइकल उपहार परेको छ ।

विश्वकर्मा पुजाको अवसरमा १ लाख ९६ हजार ९ सय पर्ने मोटर साइकल किनेका कर्णलाई भिटिएसकै महङ्गो मानिने ७ लाख ७९ हजार ९ सय को टुह्वीलर बाइक अपाचे आरआर ३१० परेपछि उनको खुसीको सिमा छैन । आज एक समारोहका बिच कर्णलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहले उपहारमा परेको बाइको साँचो हस्तान्तरण गरेका छन् । जनकपुरधाम स्थित टिभिएस टुह्वीलरका आधिकारिक विक्रेता आरएन टे«र्डसले आयोजना गरेको समारोहमा विजेता कर्णलाई बाइकको साचो हस्तान्तरण गरिएको हो ।

उपहार कम्पनीको दशैंयोजना ‘टिभिएस दशैंको आशा’ अन्तर्गत परेको टे«डर्सका सञ्चालक सञ्जिव महतो (रामवालक) ले बताए । उनले बाइक किनेपनि नकिनेपनि अनलाइन र्फम फरेर यस योजनामा उपहार जित्न सकिने बताए । प्रत्येक सप्ताहको विहिवार काठमाण्डौंमा सञ्चार माध्यममा प्रत्यक्ष प्रशारण गरि हुने लक्की ड्र मार्फत कर्ण सो उपहार जितेको बताउदै महतोले जो कोहिले पनि सो उपहार जित्न सक्ने बताए । यसै योजना अन्तर्गत प्रत्येक मोटरसाइकलको खरिदमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार छुट पनि प्रदान भइरहेको उनले बताए ।

समारोहमा कम्पनीको नेपाल स्थित आधिकारिक विक्रेता जगदम्बा मोर्टस टिभिएसका जेनरल म्यानेजर दिपक रौनियार, जनकपुरधाम क्षेत्रीय म्यानेजर अमरेन्द्र मल्लिक, जनकपुरधाम माँ जानकी बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी सहितको उपस्थिती थियो ।