एसपी रिपोर्टर
सिरहा, कात्तिक १४ : आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड मिर्चैया शाखाले अभिकर्ता एजेन्सी प्रशिक्षण एवं पुर्नताजगी तालिम भब्यताका साथ समपन्न गरेको छ । कम्पनीको सिरहाको मिचैर्या स्थित शाखा कार्यालयको सभाहलमा समपन्न उक्त कार्यक्रममा दजनौं अभिकर्ता तथा एजेन्सीहरुको उपस्थिती रहेको थियो । कोरोना महामारीको विषम परिस्थितीमा नागरिक प्रति प्रतिवद्व एवं कम्पनीको काम कर्तब्य र नियम अनुसार जिम्मेवारी वहन गरिरहेका उत्कृष्ट एजेन्सीहरुलाई सो अवसरमा सम्मान समेत गरिएको छ ।
शाखा अन्तर्गत रहेको व्यक्तिगत कोडको आधारमा उत्कृष्ट व्यापार गरेका एजेन्सी म्यानेजर राम प्रसाद यादव, बोधदेव महतो र विनोद कुमार साहलाई कम्पनीका प्रदेश २ प्रमुख रविशंकर सर्राफले दोसल्ला ओढाई सम्मान गर्नुका साथै प्रमाणपत्र पनि वितरण गरेका थिए । त्यस्तै टिम अन्तर्गत उत्कृष्ट व्यापार गरेका रोशन साह, गोविन्द महतो, निरज श्रेष्ठ, तुलसी मण्डल र पुनिता महतोलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको छ ।
कार्यक्रममा कोरोनाको माहामारीमा पनि आहोरात्र खटने बिमा क्षेत्रका हस्तीहरुको योगदान अमुल्य रहेको प्रदेश २ प्रमुख सरार्फले बताए । १९ वटा कम्पनीका बिच प्रतिस्पर्धा गर्नु चानचुनको कुरा नरहेको भन्दै उनले यसलाई जटिल परिस्थितीमा पनि अवसरको रुपमा लिई अगाडि बढेको बताए । हालै कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समहाल्नु भएका कवि फुयालले आक्रमक बजारको निति अबलम्वन गरेको बताउदै सो अवसरमा एक घर एक बिमाको नितिको अबलम्वन गर्नु बर्तमान परिस्थितीको आवयश्कता रहेको सवैको निश्कर्ष छ । कार्यक्रममा शाखा प्रमुख अनिल कुमार साह, अपरेशन इन्चार्ज विवेक यादव सहित कर्मचारीहरुको उपस्थिती थियो ।