एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६:
जनकपुरधाम सुनचाँदी व्यवसायी संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष राजिव कुमार साह (चन्दन) सहित पदाधिकारी तथा सदस्यहरूको पद हस्तान्तरण तथा सम्मान गरेका छन् । कार्यक्रममा निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरणसमेत गरेका थिए।

संघको साधारणसभाबाट गठित वरिष्ठ सदस्य, पूर्व पदाधिकारी तथा निर्वाचन समिति सम्मिलित १५ सदस्यीय समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको थियो ।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संजय कुमार साह, उपाध्यक्षमा श्यामप्रसाद साह, महासचिवमा प्रमोद कुमार साह, सचिवमा दीपक कुमार साह तथा कोषाध्यक्षमा शत्रोहन साह रहेका छन् । त्यस्तै सदस्यहरूमा प्रविण साह, अलंकार कुमार ठाकुर, श्याम साह, ललन साह, संजय ठाकुर र अंकित साह सर्वसम्मत चयन भएका थिए ।शपथ ग्रहण तथा पद हस्तान्तरण समारोहमा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल तथा संघको केन्द्रीय महासचिव नीरबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।