एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ :
टिभिएस मोटर कम्पनीले जनकपुरधाममा नयाँ टिभिएस अपाचे आरटीआर १६० फोरभी मोटरसाइकल सार्वजनिक गरेको छ। जनकपुरस्थित एक कार्यक्रमबीच उक्त मोटरसाइकलको औपचारिक सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार १५९.७ सीसी इन्जिनयुक्त यस मोटरसाइकलमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइड मोड, डुअल–च्यानल एबीएस, ३७ एमएम यूएसडी सस्पेन्सन, प्रोजेक्टर हेडल्याम्प तथा पाँच इन्चको टीएफटी डिजिटल क्लस्टर जस्ता आधुनिक सुविधा समावेश गरिएको छ। स्पोर्ट मोडमा यसले १७.५५ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ।

कार्यक्रममा जगदम्बा मोटर्सका प्रतिनिधिहरूले नयाँ अपाचे आरटीआर १६० फोरभीले उत्कृष्ट प्रदर्शन, उच्च सुरक्षा र आधुनिक प्रविधिको संयोजनमार्फत नेपाली राइडरलाई नयाँ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।
यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
आर्यन अटो मोबाइल्सका सञ्चालक रामबालक महतोको अध्यक्षतामा तथा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सार्वजनिक कार्यक्रमका अवसरमा जगदम्बा मोटर्सका नेशनल सेल्स हेड हरि न्यौपाने, प्रिमियम सेल्स हेड विपिन बोगटीलगायतको उपस्थिति रहेको थियो।