एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ : आउँदो भदौ २९ गते हुने जनकपुरधाम उद्योग वाणिज्य सँघमा महिला उपाध्यक्ष पदकी उम्मेदवार सरिता ठाकुरले व्यापार जगतमा महिला सहभागिताका सम्मानजनक बनाउन आफनो उम्मेदवारी रहेको बताएकी छिन् । व्यवसायीहरुको समृद्धिको आधार खोज्ने प्रतिनीधि छान्नुपर्ने उनको कथन छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा महिला तर्फ उपाध्यक्षमा उम्मेदवारी दिएकी उम्मेदवार ठाकुरले जहिले पनि प्रतिवद्धता र आशा मात्र बाँडेर समस्याको समाधान नहुने भन्दै काम गर्ने र दुदर्शी सोच भएकालाई जिताउन आग्रह गरेकी छिन् ।
उम्मेदवार ठाकुरले आफू यहाँका व्यवसायी, व्यापारीहरुको लागि आर्थिक समृद्धिको आधार खोजेर सोही अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गर्दै व्यवसायीहरुसँग आफूलाई मतदान गर्न आग्रह गरिन् । समावेशी प्रतिनीधिको लागि महिला तर्फ उम्मेदवारी दिएकी ठाकुरले पहिला टिका लगाएर चयन हुने महिला यसपालि चुनावमा प्रतिस्पर्धामा उत्रदा क्षमता र हौसलामा अभिवृद्वि हुने बताईन ।





