एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ : जनकपुरधाम उद्योग बाणिज्य संघ (जउबासंघ) को नयाँ नेतृत्वका लागि भदौं २९ गते मतदान हुन लागेको छ । त्यसका लागि अहिले अध्यक्षका तिन सहित विभिन्न १६ पदका कुल ४१ उम्मेदवारहरु चुनावी मैदानमा छन् । तर आम व्यापारीमा भने चुनावको कुनै उत्साह छैन ।
व्यापारीहरु उम्मेदवारहरुको पछाडि लाग्न मानिरहेका छैनन भने उम्मेदवार पसलमा पुग्दा समान्य प्रतिक्रिया जनाइरहेको देखिन्छ । उम्मेदवारहरु संग अहिले घरदैलोमा घुम्ने अधिकांश सहयात्रीहरु ईष्टमित्र, परिवारजन घनिष्टहरु मात्र देखिन्छ ।
अध्यक्ष पदमा स्पष्ट त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको यस पटकको निर्वाचनमा मतदानमा पनि त्यती उत्साह नहुने देखिन्छ । यद्यपि हक र अधिकारका लागि पेशागत संगठन नभई नहुने भएकाले मतदान गर्नैपर्ने व्यापारीहरुको भनाई छ ।
दुःख र गुनासो त धेरै छ तर के गर्नु सबै आफनै जस्तो लाग्छ, एक व्यापारीले भने, ‘संकटका बिच हुन लागेको यस निर्वाचनबाट संकटमोचन जस्ता नेतृत्व आए मात्र कल्याण छ नभए भगवान भरोसे ।’ सबै आफनै जस्ता हुन, प्रिय नै छन, चुनावको बेला के गुनासो र आक्रोस गरौं ? तर दुःख र पिडा त भन्न सक्नु छैन, उनीहरुले थपे ।