पुरन रौनियार
जनकपुरधाम, साउन १३ : मधेश सरकारका मुख्यमन्त्री सहित मन्त्री परिषदका सम्पुर्ण सदस्यहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश सरकार सञ्चालनका लागि जनकपुर चुरोट कारखानाको परिसर मधेश सरकार मातहत ल्याईदिन आग्रह गरेको एक सप्ताह नबित्दै नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री कारखानाको स्थलगत निरिक्षण गर्दै कारखाना पुन: सञ्चालन गर्ने बताएका छन् । के छ त अवस्था ? प्रस्तुत छ, हामिले कर्मचारीहरु संग बुझेका तथ्य ।
गत आइतवारको कुरा हो मधेश प्रदेशका मुख्यमन्त्री सहित मन्त्री परिषदका सबै सदस्य प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मधेश प्रदेश सरकार सञ्चालनका लागि जनकपुर चुरोट कारखानाको भौतीक संरचना मधेश सरकार मातहत ल्याई दिन आग्रह गरेका थिए । उनीहरुको भेटमा सत्ता घटक माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पनि सहभागि थिए । तर पाँच दिन नपुग्दै नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडु बन्द रहेको देशका सम्पुर्ण प्रमुख कारखाना चलाउने भन्दै जनकपुर चुरोट कारखानाको स्थलगत निरिक्षण गर्दै कारखाना पुन: सञ्चालन हुने बताए ।
नेपाल सरकारले चुरोट कारखाना नै चलाउने कि अन्य कुनै उद्योगहरु चलाउने आफै चलाउने कि निजी क्षेत्रसँग मिलेर चलाउने लगायतका विषयमा छलफल गरेर निर्णय गर्ने मन्त्री बडुले बताएका थिए । कारखानाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायत मुलुकमा रहेका रुग्ण उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गरिने बताए । मुलुकको व्यापार घाटा कम गर्न पनि निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न उद्योग सञ्चालन गर्नुपर्ने उनको तर्क थियो ।
के छ त सम्भावना ?
चुरोट कारखाना तत्कालै सञ्चालन हुने सम्भावना छ त ? यस विषयमा जचुकालीमा काम गरेका र गरिरहेका केहि कर्मचारीहरुलाई कारखानामा बोलाएर भेटेका छौं । असिस्टेन्ट म्यानेजरको पदमा काम गरि अवसका प्राीत जनकपुरधामका शलिम मुल्लाले केहि प्राविधिक सुधार र कच्चा पर्दाथ व्यवस्था भए तत्कालै चुरोट उत्पादन गर्न सकिने बताउछन् । उनले गर्न चाहे सम्भव रहेको भएपनि तत्काल चुरोट उत्पादन सम्भवको खण्डमा साना धेरै उद्योगहरु सञ्चालन गर्न सकिने बताउछन् । प्रिन्टिङ्ग युनिट, वर्कसप, प्राइमरिङ्ग प्रोसेसिङ्ग, मेकिङ्ग र प्याकिङ्ग सहितका मेशिनहरु अझै ठिकै रहेको बताउदै उनले प्रिन्टिङ्गको क्षेत्रमा त तुरुन्तै मनग्य आम्दानी गर्न सक्ने अवस्था अझै पनि विद्यमान रहेको दावी गरे ।
मुख्य त कच्चा पदार्थ सुर्ती हो उनले भने, ‘प्याकिङ्गका लागि पेपर र ब्वाईलर (प्राविधिक युनिट) को व्यवस्था भए चुरोट उत्पदान अझै सुरु हुन्छ । कारखानामा दुई दुई वटा जेरेनेटर सहितको पावर हाउस छ जस्ले कारखानाका लागि प्रयाप्त विजुलीको व्यवस्था हुन सक्ने उनको तर्क छ । उनले भने, ‘एक समय थियो कारखानाको यति आम्दानी थियो बैंकले पैसा राख्ने मान्थेन, आज केहि न केहि ।’ पावर हाउसमा काम गर्ने कर्मचारी सेठ साहले पावर हाउसमा चारवटा मेशिन मध्ये दुईवटा मेशिन अझै पनि चालु अवस्थामा रहेको बताउदै ग्रिस र मोबिल मात्र व्यवस्था भए अझै पनि एम मेगावाट विजुली अहिले नै निकाल्न सकिने बताउछन् ।
नागरिक समाजका अगुवाहरु प्रदेशको गौरव नै रहेको जचुकालीलाई प्रदेश सरकारले कम्तिमा समेत संघिय सरकारसंग सहकार्य गरेर वा आफै पनि पहलकमदीका साथ चलाउन सके प्रदेश सरकार गठन नै सार्थक हुने बताउछन् । नागरिक अगुवा तथा रामजानकी रंगशालाका अभियानी दिनेश पुर्वेले भने, ‘जनकपुरधाम बर्बाद हुनुको एक कारण जचुकाली बन्द हुनु पनि हो ।’
करिब ७ दशक अघि रसिया सरकारको लगानीमा निर्मित र हाल करिव १२ वर्ष देखि उत्पान ठप्प भएर धारायसी अवस्थामा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडलाई सुचारु गर्न रसिया सरकार सहितकाले समेत पहल र अनुगमन गरेपनि हाल कारखाना मधेश सरकारको प्रशासनिक भवन मधेश भवनको रुपमा प्रयोगमा रहेको छ । मेसिनहरु थन्किएर लोप हुने अवस्थामा पुगिसकेको छ ।