एसपी रिपोर्टर
जनकपुरधाम, चैत १९ : शनिवार नेपालको एकमात्र रेल्वे सेवा नेपाल रेल्वे दुल्ही झै सजिएर जनकपुरधाम आइपुगेको छ । भारतको हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीद्वयले संयुक्त रुपमा हरियो झन्डा देखाएर रेल्वेको समुदघाटन गरे पछि रेल धनुषाको जनकपुरधाम यसरी आइपुगेको हो ।
नेपाली समयानुसार दिउँसो १२ बजेर ५५ मिनेटमा भारतको हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीद्वयले संयुक्त रुपमा हरियो झन्डा देखाएर रेल्वेको समुदघाटन गरेको १ घण्टा ४५ मिनेट पछि रेल जनकपुरधाम आइपुगेको हो । प्रधानमन्त्रीद्वयले समुदघाटन गरेको दृश्य र जनकपुरधामको रेल्वे स्टेशनमा रेल आउने वितिकै नेपाल–भारतको झन्डा फहराइनुका साथै चकौ ताली बजेको थियो ।
ब्यग्र प्रतिक्षाका बिच जनकपुरधाम आइपुगेको रेल्वे र्हेन जनकपुरधाम सहित यसक्षेत्रका स्थानिय मात्र होइन भारत विहारको विभिन्न जिल्लाका स्थानियहरु जनकपुरधाम आएका छन् । स्थानियवासी रेल्वे सञ्चालन र समुदघाटन पछि स्थानियमा उत्साह छ ।

रेल्वे सञ्चालन संगै भारतिय खाधन्न र सरसमानहरुको आयात सहज हुने र प्रति किलो खाद्यन्नको भाउमा करिव १० रुपैयाले सस्तो हुने विश्वास जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको छ । ३४ दशमलव ५ किलो मिटरको जयनगर–कुर्था स्टेशन सम्मको यात्राका लागि यात्रुले समान्य टिकट बापत रु ७० र वातानुकुलित सिटका लागि ४ सय ५० सम्म शुल्क तिुर्न पर्ने हुन्छ ।
दैनिक दुई पटक जनकपुरधाम देखि कुर्था सम्म आवत जावत गर्ने रेल जनकपुरधामबाट विहान ९ः५५ र वेलुकी ४ः३० मा जयनगरका लागि प्रस्थान गर्ने छ । यात्रुका लागि रेलमा सवारीका गर्न कुनै न कुनै परिचय खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । रेल्वे सञ्चालनमा आएपछि धनुषा मात्र मधेशका अन्य जिल्लाका स्थानिय पनि खुसी छ । रेल्वे सञ्चालनले नेपाल भारतको सम्बन्ध प्रगाढ हुने, आर्थिक गतिविधी चलायमान हुने र आवागमनमा सहजता हुने सप्तरीवासी बताउछन् ।

जनकपुरधाममा आयोजित समुदघाटन समारोहमा भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु, प्रदेश तथा संघिय सांसदहरु सहित कांग्रेस र जसपाका अधिकांश नेताहरुको सहभागिता देखिएको छ । रेल सामुदायिक सेवा भएपनि समुदघाटामा लोसपा, माओवादी तथा एमालेका नेताहरु भने कार्यक्रममा देखिएन ।