एसपी रिपोर्टर
जनकपुरधाम, असार ११ : जनकपुरधाम उद्योग बाणिज्य संघले नेपाली कांग्रेसबाट प्रदेश २ सरकारमा मन्त्री बनेकाहरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमका बिच संघका अध्यक्ष जितेन्द्र महासेठ सहितकाले मन्त्रीत्रयलाई संघमा सम्मान र स्वागत गरेको हो ।
कांग्रेसबाट केहि दिन पुर्व संसदिय दलका नेता राम सरोज यादव र प्रदेश सांसदहरु ओमप्रकाश शर्मा तथा विरेन्द्र प्रसाद सिंह मन्त्री बनेका थिए । उनीहरु क्रमश भौतीक पुर्वाधार, खानेपानी र सिचाँइ तथा महिला युवा तथा खेलकुद मन्त्री बनेका हुन ।

संघका पुर्व अध्यक्ष तथा महासंघका पुर्व केन्द्रिय सदस्य निर्मल चौधरी सहित वर्तमान संघका पदाधिकारहरुले मन्त्रीत्रयको स्वागत र सम्मान गरेको हो । खानेपानी मन्त्री शर्मा आफै पनि बिरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हुन । जनकपुरधामको संघमा अहिले राजपा र कांग्रेस निकटका पदाधिकारीहरुको पकड मानिन्छ ।