एसपी रिपोर्टर
जनकपुरधाम, असार ७ : विभिन्न मांग राख्दै जनकपुरधाम उद्योग बाणिज्य संघले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष जितेन्द्र महासेठ अगुवाईको टोलीले धनुषाको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सिमामा भन्सारमा हुने विभेद बन्द सहितको मांग अघि सारेका हुन ।
भ्याट÷प्यान सहित ल्याउदै गरेको सरसमान प्रहरीले पक्रन नपाउने देखि कारण बस समानहरु पक्राउ गर्न परे कारण देखाएर संघका प्रतिनिधीहरुको रोहबरमा मुचुल्का उठाउनु पर्ने सम्मको मांग संघले गरेको छ । कसैले भुठा सुचना वा सुराकी गरेको ठहरिए त्यस्तालाई पनि कारवाही गर्नु पर्ने सहित छ सुत्रिय मांग राख्दै संघले ज्ञापन बुझाएको सचिव फुलदेव पण्डितले बताए ।
ह्ेर्नोस ज्ञापन पत्र







