एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ११ : गृहमन्त्री ओम प्रकाश अर्यालले र्निधारित समयमै निर्वाचन होस भन्ने छठ माता संग प्रार्थना गरेको भन्दै सोका लागि बिश्वस्त रहन सबैमा आग्रह गरेका छन् ।
जनकपुुरधामको विभिन्न छठ घाटहरुमा पुग्ने क्रममा गंगासागर घाटमा सहभागि भएका गृहमन्त्री अर्यालले र्निधारित समयमै निर्वाचन हुने र त्यसका लागि छठी माता संग पनि प्रार्थना गरेको बताएका छन् ।

उनले निर्वाध रुपमा शान्तिर्पुण तरिकाले निर्वाचन हुने र त्यसका लागि आफु गृहमन्त्रीको रुपमा प्रतिवद्व रहेको बताएका छन् । गृहमन्त्री अर्यालले मिथिला र मधेशको संस्कृती छठ जस्ता पर्वहरुले मधेशलाई मात्र नभई सांस्कृतीक रुपमा सारा नेपालीलाई जोडने काम गरेको भन्दै पहिलो पटक जनकपुरमा छठमा सहभागि हुन पाउँदा खुसी लागेको बताएका छन् ।
छठको महत्व संसार भरि विस्तार भइरहेकाले आफु संघिय सरकारको प्रतिनिधीका रुपमा जनकपुरको छठमा सहभागि भएर छठको महिमा बारे संसारलाई जानकारी पुगोस भन्ने उद्देश्यले यहाँ आएको बताए । सो अवसरमा उनीसंगै उद्योग तथा कानुन मन्त्री अनिल कुमार सिन्हा तथा गृहसचिव रामेश्वर दंगाल सहितका पनि सहभागि थिए ।





